Thursday, February 28, 2019

के Jesus ले भनेको मै सत्य हो, मै जीवन हो, मै बाटो हो म बिना भगवानकोमा कोही जान सक्दैन, मात्रै सत्य हो ?

Third eye खोलेपछि देखिन्छ¸ त्यो भर्गोज्योती¸ white bright light देखिन्छ । अनि मनलाई जब त्यसमा एकाग्र गर्छौ, त्यो energy ले दाहीने brain को neurons लाई activate गर्छ । जति practice गर्दै जान्छौं हाम्रो दाहीने brain activate भएर जान्छ । अनि सज्जनो, दाहीने brain को गुण के छ त ? Science ले भन्छ intuition, creativity, hard skills, right decisions, यो कलाहरु, पूर्वको अभाष हुनु, यो सबै दाहीने brain का गुण हुन् । भगवानले special qualities right brain मा राखिदिएको छ, हजुर देब्रे brain ले life बिताउनु भयो भने कहिलेपनि life enjoy गर्न सक्नु हुन्न । कहिले पनि जीवनमा महान बन्छु भनेर कल्पना गर्न छोडिदिनुस् । जीवनमा महान बन्ने हो भने देब्रे र दाहीने दुईटा brain को विकास हुनुपर्छ । दाहीने brain लाई विकास गर्नको लागी हाम्रो भित्रनै एउटा meta-physical process छ । एउटा meta-physical meditation छ । त्यो ध्यान, त्यो साधना समयमा present teacher ले सिकाउँछ ।
             मेरोमा एउटा Christian साथी आउनुभयो, pastor
Pastor: (हाँले भन्नुभयो) तपाईको मानव धर्मले सबै धर्मको शास्त्रलाई सत्य मान्छ हैन ?
Dr. JP Agarwal:  मैले मान्छु भनेँ ।
Pastor: त्यसोभए bible मा पनि जे कुरा लेखेको छ हजुरले सबै सत्य मान्नु हुन्छ ?
Dr. JP Agarwal:  मैले मान्छु भनेँ ।
Pastor: हजुरले bible को सबै कुरा माथि विश्वास गर्नुहुन्छ सत्य हो भनेर ?
Dr. JP Agarwal:  मैले गर्छु भनेँ ।
किन यति थुप्रो सोधेको भनेर मलाई अचम्म लाग्यो र पनि उनिले
Pastor: त्यसोभए तपाई Christian किन हुनु भएन ?
Dr. JP Agarwal:  होइन, bible को कुरालाई सत्य मान्छु, Christian किन हुनुपर्यो ।
Pastor: Bible मा Christ ले भनेको छ । "I am the way, the truth and the life, no one comes to the father, but by me." मै सत्य हो, मै जीवन हो, मै बाटो हो म बिना भगवानकोमा कोही जान सक्दैन । र हजुरले कि यो bible मा लेखेको ठीक छैन भन्नु पर्यो । सत्य मान्नु हुन्छ भने Christian नभईकन Christ लाई नमानिकन हजुरको कसरी मुक्ती हुन्छ ?
किनकी उसले भन्दैछ No one comes to the father, but by me. मेरो अलावा भगवानकोमा जाने अर्को बाटो छैन । अब त मलाई समातिहाल्यो । मैले कि bible मा लेखेको झुटा हो या अच्छा हो भन्नु पर्यो कि सत्य हो भने म Christian बन्नुपर्यो ।
Dr. JP Agarwal:  Pastor साहब मेरो एउटा problem छ ।
Pastor: के छ ?
Dr. JP Agarwal:  जति म bible माथि विश्वास गर्छु, त्यतिनै म गीता माथि विश्वास गर्छु । अनि गीतामा भगवान कृष्णले यहि कुरा गरेको छ । [सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज | अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:] सबैलाई छोडेर मेरो शरण लेउ म तिमीलाई मुक्ति दिई हाल्छु । अब मैले त्यल्लाई पनि सत्य मान्दछु ।
             अझैपनि मेरो एउटा समस्या छ । म भगवान Buddha लाई पनि मान्दछु । वहाँले पनि भनेको छ।
संघम शरणं गच्छामि, बुद्धं शरणं गच्छामि । मेरो शरणमा आउ, म तिमिलाई Nirvana दिईहाल्छु । मैले वहाँलाई पनि सत्य मान्दछु। अब तीनै जनाको कुरा सत्य मान्दछु के गर्नु ?
Pastor: होईन तीनैजनाको कुरा कसरी सत्य हुन सक्छ ? जब तीनजनाले भन्दैछ म मात्रै गर्न सक्छु भन्दा खेरी तीनवटामा दुईटा झुठा हुनुपर्यो एउटा सत्य हुनुपर्यो ।
Dr. JP Agarwal:  म तीनवटैलाई सत्य मान्छु ।
Pastor: यो कसरी हुन सक्छ ?
Dr. JP Agarwal:  हो हजुरले त्यती नबुझेर नै bible माथि जोड दिनुभएको । 
             हजुरले time factor लाई बुझ्नु भएन । ५०० वर्ष पहिले एउटा doctor present भयो, संसारमा आयो उसले भन्यो म cancer जाती गर्छु भन्यो, उसले cancer जाती गर्यो, त्यो doctor ले सत्य बोल्यो । ३०० वर्ष बादमा एउटा अर्को doctor निक्लिएर आयो उल्ले पनि cancer जाती गर्यो अनि cancer को बारेमा उ specialist थियो । त्यो कुरा पनि सत्य हो । १०० वर्ष बादमा एउटा तेश्रो doctor आयो उल्ले पनि cancer जाति गर्यो, त्यो doctor ले claim गरेको पनि सत्य हो ।
मैले भनेँ भगवान कृष्णले जुन बेला वहाँ संसारमा हुनुहुन्थ्यो त्यतिबेला वहाँले भन्नुभयो आउ मेरो मा म तिमीलाई मुक्ति दिन्छु । किन भने वहाँ समयको महा पुरुष थिए र वहाँले त्यो claim गर्नुभयो । जुन बेला भगवान Buddha आउँनुभयो वहाँले त्यो claim गर्नुभयो । जुन बेला ईशामसिह आए वहाँले त्यो claim गरे । तर आज doctor को photo लाई राखेर मेरो operation गरिदेउ भनेर सक्दैन । हामीलाई जीउँदो त्यही formula मा हिड्ने doctor चाहिन्छ । आज पनि हामीलाई भगवान कृष्ण जस्तो, ईशामसिह जस्तो भगवान राम जस्तो Buddha जस्तो एउटा महा पुरुष खोज्नुपर्यो जसले हाम्रो Third Eye लाई खोलेर जुन ज्ञान अर्जुनले पायो त्यो मुक्तिको बाटो दिने समयको महापुरुष खोज्नुपर्छ । LIVING SPIRITUAL MASTER खोज्नुपर्छ ।
त्यो LIVING SPIRITUAL MASTER हाम्रो सतपाल जी महाराज हो । वहाँले आज Third Eye  लाई practically खोलेर practically त्यो भर्गोज्योती/divine light को दर्शन गराउनुहुनेछ । मैले पाएँ र मेरो जीवन धन्य भएर brain को विकाश गर्ने क्षमता कसरी पाउँदो रहेछ आफ्नो जीवनमा अनुभव गर्नपाएँ । जीवनमा top कसरी जान सक्छ त्यो अनुभव गर्न पाएँ र सज्जनो यहाँलाई मेरो निवेदन छ धर्मलाई theory मा मात्र नराख्नुस् practical मा जानुस् । Meta-physical meditation धर्मको आफ्नो भित्रमा त्यो Third Eye लाई जसलाई हामीले आमाको गर्भमा साधन गरेको थियो त्यो साधनालाई । मैले त्यसको एउटा part लाई मात्र कुरा गरे किन भने समयको अभाव छ । गर्भमा धेरै कुरा हामीले गरेका हुन्छौं । मन्दिरमा त्यसकै प्रतिकमा हामीले बत्ती जलाउँछौं, घन्टी बजाउँछौं, माला घुमाउँछौं अनी पञ्चामृत दिन्छौं । त्यो चारै चीज practically meta-physical form मा आमाको गर्भमा हामीले गरेका थियौं । जुन दिन हामीले असली गुरुलाई भेट्छौं उल्ले त्यो फेरी साधना सिकाईदिन्छ । त्यो हाम्रो वास्तविक उपनयन र ब्रतबन्ध भयो । तब हामी जीवनमा दुईवटा brain को विकास गरेर महान बन्न सक्छौं त्यो भिखारी जस्तो भिख माग्ने नभएर । Science ले के भन्छ, मानिसहरुले महापुरुषहरुले के भन्छ ? PRAYER IS BEGGING, MEDITATION IS RECEIVING WITHOUT PRAYING.  Pray गर्नु भिख माग्नु हो, आफ्नो क्षमता develop गर्यो, meditation गर्यो भने तिमीले नमागीकन सब पाउँछौं । दिने वाला बन्छौ, माँग्ने वाला नबनौं भन्दै म यहाँहरुबाट बिदा माग्छु । धन्यवाद ।